Shikhar Insurance
National Life

यस्ता छन् देशका प्रमुख वित्तीय परिसूचकहरू : कर्जा प्रवाह जीडीपीको ९९ प्रतिशत पुग्यो, सीडी रेसियो ८७

सिंहदरबार संवाददाता
२०७८ भाद्र २६, शनिबार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । देशका बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप कुल गार्हस्थ उत्पादनको १ सय ९ प्रतिशत नाघेको छ । बैंक तथा वित्तीय संस्थामा कुल ४६ खर्ब ६६ अर्ब ३१ करोड रूपैयाँ निक्षेप छ जुन कुल गार्हस्थ उत्पादनको ९ प्रतिशत बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म वाणिज्य बैंकहरूमा ४१ खर्ब २५ अर्ब ५९ करोड रूपैयाँको निक्षेप छ । यस्तै विकास बैंकहरूसँग ४ खर्ब ५० अर्ब २७ करोड र वित्त कम्पनीहरूसँग ९० अर्ब ३३ करोड रूपैयाँ निक्षेप छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशको कुल गार्हस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब १४ करोड रूपैयाँ हो ।

वाणिज्य बैंकमा भएको निक्षेप जीडीपीको ९६.७० प्रतिशत हो भने विकास बैंक र वित्त कम्पनीको डिपोजिट क्रमशः १०.५६ प्रतिशत र २.१२ प्रतिशत हो ।

यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको आकार जीडीपीको ९९ प्रतिशत पुगेको छ । साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४२ खर्ब १८ अर्ब ९४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका हुन् । जसमध्ये वाणिज्य बैंकहरूले ३७ खर्ब ५८ अर्ब २२ करोड रूपैयाँ, विकास बैंकहरूले ३ खर्ब ९० अर्ब २४ करोड रूपैयाँ र वित्त कम्पनीहरूले ७० अर्ब ४७ करोड रूपैयाँ प्रवाह गरेका हुन् ।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४१ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका थिए भने निक्षेप संकलन ४७ खर्ब ४० अर्ब थियो ।

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.९८ प्रतिशत छ । जसमध्ये वाणिज्य बैंकको सीडी रेसियो ८७.४५, विकास बैंकको ८४.७६ र वित्त कम्पनीको ७६.२९ छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये आधा मुद्दती निक्षेप छ ।

यसैगरी कुल प्रवाह भएका कर्जामध्ये खराव कर्जा १.४८ प्रतिशत छ भने ८.२५ प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको छ । वाणिज्य बैंकले प्रवाह गरेको कर्जामध्ये १.४१ प्रतिशत कर्जा खराब कर्जा हुन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्