Shikhar Insurance
National Life

‘ट्याक्स हेभन’ देशको रोजाइमा पर्दै नेपाल, कुन देशको कति लगानी ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र २४, बिहीबार १२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय नेपाल ‘ट्याक्स हेभन’ देशका लगानीकर्ताको रोजाइमा पर्दै आएको तथ्य सार्वजनिक भएको छ । हालसम्म नेपालमा ५२ देशको १ खर्ब ९८ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको पाइएको छ जसमध्ये तेस्रो ठ्लो लगानीकर्ताको रूपमा ‘ट्याक्स हेभन’ राष्ट्र सेन्ट किट्स एन्ड नेभिस तेस्रो ठूलो लगानीकर्ता राष्ट रहेको खुलेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा अघिल्लो वर्षको भन्दा ८.५ प्रतिशतले बढेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययन अनुसार नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ कायम रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत छ । जसमध्ये चुक्ता पुँजीको अंश वर्षदिनमा २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको राष्ट्र बैंकले जनाएको छ ।

प्रत्यक्ष वैदेशिक लगानी रहेका ५२ देशमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड, सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्यान्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६.० प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट यस्तो तथ्या पाइएको हो । विश्लेषणका आधारमा विभागले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ तयार पारेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्