काठमाडौं । अमेरिकाले एमसीसी इन्डो प्यासिफिक रणनीति मातहतको नभएको जवाफ पठाएको छ । नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे टिकाटिप्पाणी भएसँगै नेपाल सरकारले अस्पष्ट देखिएका केहि बुँदाबारे अमेरिकालाई प्रश्न गरेको थियो । एमसीसीबाट नेपाल सरकारलाई प्राप्त जवाफमा एमसीसी सो रणनीति अन्तर्गत नभएको र कुनै सैन्य रणनीतिसँग सम्बन्ध नभएको उल्लेख छ ।
अर्थमन्त्री जनार्दन शर्मालाई दिइएको जवाफ एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो । गत सातामात्र एमसिसीबारे उठेका सवालमा प्रष्टीकरण माग्दै विभिन्न २७ प्रश्न पठाइएको थियो । एमसिसीले सरकारले सोधेका हरेक प्रश्नको जवाफ अंग्रेजी र नेपाली दुवै भाषामा पठाएको छ।
जवाफमा एमसीसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखेको, एमसिसी सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको, लेखापरिक्षण नेपाल सरकारले नै गर्न पाउने लगायत उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्