Shikhar Insurance
National Life

६ महिनामा नेपालभर सयवटा विजुली बस चलाउने सुन्दर यातायातको घोषणा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १९:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यरतलगायतले नेपालमा विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् । नेपालमा पहिलोपटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायात प्रालिको तेस्रो वार्षिकोत्सवका अवसरमा उनीहरूले नेपालमा विद्युत् उत्पादन बढिरहेकाले र वायु प्रदूषण बढेर त्यो कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिएका हुन् ।

वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले कोरोनाका कारणले भन्दा पनि वायु प्रदूषणका कारणले लाग्ने रोगले मृत्यु बढिरहेको बताए । उनले बताए, “वातावरण प्रदूषण कम गर्दै जान विद्युतीय सवारी साधनको प्रयोग बढाउँदै जानुपर्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

साझा यातायात प्रालिका सञ्चालक समिति सदस्य भूषण तुलाधरले साझाको र सुन्दर यातायातबीच प्रतिस्पर्धा नहुने बताए । उनका अनुसार यी दुवै संस्थाले निजी सवारी साधनसँग प्रतिस्पर्धा छ । उनले बताए, “निजी सवारी साधनको प्रयोग कम गराएर सार्वजनिकको बढाउनु हाम्रो लक्ष्य हो ।”

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले कम्पनीले छिट्टै नै थप २० बस भित्र्याउने जानकारी दिए । आफूले धेरै सङ्घर्ष गरेर मात्रै बस सञ्चालनका लागि स्वीकृति पाएको उनले बताए । बस सञ्चालन भएको दुई वर्षमा नाफा हुन नसके पनि आफूहरु आशावादी रहेको उनले सुनाए । उनले बताए, “दुई वर्षमा झण्डै डेढ वर्ष कोभिडकै कारण बस चलाउन सकिएन ।”

सुन्दर यातायातले आफ्नो तेस्रो वार्षिक उत्सव सम्पन्न गरेको छ ।

कम्पनीले स्थापनाको तेस्रो वर्षको अवसरमा डेढ महिना भित्र रुपन्देहीमा ६ वटा बिजुली बस चलाउने घोषणा गरेको छ । त्यस्तै बाकीँ १४ वटा गाडी काठमाडौं उपत्यकामा चलाउने कम्पनीका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए ।

कम्पनीले ६ महिना भित्र नेपाल भर एक सय वटा बिजुली गाडी चलाउने समेत घोषणा गरेको छ । हाल उपत्यकामा सुन्दर यातायातका ४ वटा बिजुली गाडी संचालनमा छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्