Shikhar Insurance
National Life

साथीमार्टको ७६ औँ आउटलेट मैतिदेवीमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सुरु भएको एक वर्ष नपुग्दै मेची देखि महाकालीसम्म फैलिएर नेपालकै ठुलो रिटेल चेन बन्न सफल साथीमार्टले काठमाडौको केन्द्र मैतिदेवीमा ७६ औँ आउटलेट सञ्चालनमा ल्याएको छ ।

नेपालकै पहिलो ओ टु ओ कमर्स (अनलाइन टु अफलाइन) सुविधा सहित आएको साथीमार्टको मैतिदेवी आउटलेट फेन्चाइज नभइ साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्व (कोको मोडल)मा रहने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आउटलेट काठमाडौंको मध्य क्षेत्रमा रहेकोले ब्रान्ड भ्यालु तथा स्टोरको बिक्रीमा समेत साकरात्मक प्रभाव पर्ने पोख्रेलको अपेक्षा छ । उपभोक्ताले साथीमार्टको आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM)  मा आफुलाई आवस्यक सामान रोजेर अर्डर गरि घरैमा डेलिभरी मगाउन सक्नेछन् ।

स्टोरमा ग्राहकले ३५ प्रतिशत सम्मको आकर्षक छुट फल्यास सेल, डिल अफ द मन्थ जस्ता अफर गरि ग्राहकलाई सहुलियत दिइने बताइएको छ। ब्रान्ड अफ द मन्थ, मेड इन नेपाल कलेक्सन मार्टको थप विषेशता रहने छन् ।

साथीमार्टका आफ्नै उत्पादन पनि विशेष छुटमा मार्टमा खरिद गर्न सकिनेछ । होम डेलीभरी, पिक अप, अफीलीएट समेतको सुबिधा नयाँ आउटलेटमा उपलब्ध हुनेछ । करिब ८० लाखको लगानीमा सुरु गरिएको पोख्रेलले जानकारी दिए ।

आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे, गिफ्ट, तरकारी फलफूल, पेट फुड, इलेक्ट्रोनिक्स लगायतका सामान बिशेष छुटमा उपलब्ध छन् । त्यसका साथै यस अर्थीक बर्ष भित्र फ्रेन्चाइज बाहेक साथीमर्टकै लगानीमा नेपाल विभिन्न शहरमा १० वटा  आउटलेट खोलिने पोख्रेलले बताए ।

एफीलीएट योजन समेत सुरु हुने भएकाले केही महिनामै काठमाडौंका हजरौ युवाले स्वरोजगार हुने मौका पाउने संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्