Shikhar Insurance
National Life

नेपाल पुनर्बिमा कम्पनीले प्रस्ताव गरेभन्दा १ प्रतिशत कम लाभांश बाँड्ने

सिंहदरबार संवाददाता
२०७८ भाद्र २३, बुधबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले प्रस्तावित लाभांश नपाउने भएका छन् । बीमा समितिले कम्पनी प्रस्ताव गरेबमोजिमको लाभांश बाँड्न अंकुश लगाएको हो ।

कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत लाभांश परिमार्जन भइ १९ प्रतिशत कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको असार ७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको आधारमा १६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम बोनस शेयर १६.५० प्रतिशत र नगद लाभांश २.५ प्रतिशत दिने गरी प्रस्तावित लाभांश परिमार्जन गरेको हो ।

यो लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापुँजी १० अर्ब रूपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्