Shikhar Insurance
National Life

राजधानीमै जुधे केपी ओली र माधव नेपालका कार्यकर्ता, तीन जना घाइते

सिंहदरबार संवाददाता
२०७८ भाद्र २२, मंगलवार २०:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । पार्टी विभाजन भएपछि राजधानी काठमाडौंमा केपी ओली र माधव नेपालका कार्यकर्ताबिच पहिलो झडप भएको छ । पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा ओली र नेपालका कार्यकर्ताबीच झडप भएको हो ।

अनेरास्ववियुको सम्मेलनका विषयमा दुई पक्षबीच झडप हुँदा माधव नेपाल निकट ३ जना विद्यार्थी घाइते भएका छन् । नेपालको पार्टी नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका नेताहरु मनोज चन्द, दिपु बोहरा, राजन बिष्ट घाइते भएको सचिव महेश श्रेष्ठले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्याम्पसमा आयोजना गरिएको सम्मेलनका विषयमा दुई पक्षबीच झडप भएको हो । ओली एमालेका अनेरास्ववियु अध्यक्ष ऐन महरकै नेतृत्वमा नेपाल निकट विद्यार्थी नेताहरुको टाउको फुटाउने गरि आक्रमण भएको आरोप उनीहरुले लगाएका छन् । दुबै पक्षले आफ्ना कार्यकर्ताहरुमाथी आक्रमण गरेको भन्दै विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्