Shikhar Insurance
National Life

एमसीसी पास हुँदैन: प्रचण्ड

सिंहदरबार संवाददाता
२०७८ भाद्र २२, मंगलवार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यतिकै एमसीसी पास नहुने बताएका छन् । पार्टीको योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल को केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले अहिलेसम्म अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोटको जवाफ नआएको र यथा स्थितिमा एमसीसी पास नहुने बताएका हुन् ।

प्रचण्डले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उनले सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताएका छन् । ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’ प्रचण्डले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्