Shikhar Insurance
National Life

कर्जा विस्तारमा विकास बैंक आक्रमक, एक साताको कर्जा विस्तार निक्षेपभन्दा २.६ गुणा बढी

सिंहदरबार संवाददाता
२०७८ भाद्र २२, मंगलवार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । एकसातामै विकास बैंकमा भएको निक्षेप १ अर्ब ४० करोड रुपैयाँले बढेको छ । देशका कुल १८ विकास बैंकमध्ये १५ विकास बैंकको तथ्यांकअनुसार भदौ ११ सम्म ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ रहेको निक्षेप १८ गतेसम्म ४ खर्ब ८८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।

जसमध्ये राष्ट्रिस्तरका विकास बैंकमा रहेको निक्षेप १ अर्ब ६६ करोडले बढ्दा क्षेत्रीयस्तरका विकास बैंकमा रहेको निक्षेप २५ करोड रुपैयाँले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भदौ ११ सम्म राष्ट्रिय स्तरका विकास बैंकमा ४ खर्ब १४ अर्ब ७१ करोड रुपैयाँ निक्षेप रहेकामा भदौ १८ सम्म बढेर ४ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । तर, क्षेत्रीयस्तरका विकास बैंकमा रहेको ७२ अर्ब ४२ करोड रुपैयाँको निक्षेप १८ गतेसम्म घटेर ७१ अर्ब १७ करोड रुपैयाँमा ओर्लिएको हो ।

कर्जा प्रवाहमा पनि विकास बैंकहरुले राम्रो सुधार गरेका छन् ।

१५ वटा विकास बैंकको कर्जा एकसातामा ३ अर्ब ७३ करोड रुपैयाँले बढेको हो । भदौ ११ सम्म विकास बैंकहरुले कुल ४ खर्ब २९ अर्ब ३४ करोड रुपैयाँको कर्जा प्रवाह गरेकामा १८ गतेसम्म बढेर ४ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । जसमध्ये राष्ट्रिस्तरका विकास बैंकले प्रवाह गरेको कर्जा ३ अर्ब ३७ करोडले बढेर ३ खर्ब ६५ अर्ब ९१ करोड पुगेको छ भने क्षेत्रीयस्तरका विकास बैंकले प्रवाह गरेको कुल कर्जा ३६ करोड रुपैयाँले बढेर ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

विकास बैंकहरुले एकसातामा विस्तार गरेको कर्जा निक्षेपभन्दा २.६ गुणा बढी हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्