Shikhar Insurance
National Life

तल्लो मोदीको उत्पादन पाँच दिनदेखि ठप्प

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार २१:०२
Hyundai
NCELL
NIMB

पर्वत । कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला १ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिराका कारण विगत पाँच दिनदेखि उत्पादन बन्द रहेको आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए । आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पुर्‍याएको छ ।

बाढी र पहिराका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ । पहिराले आयोजनामा रु चारदेखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए ।

यसअघि गत असार २२ गतेको दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पुर्‍याएको थियो । निर्देशक गौतमका अनुसार आयोजना मर्मतका लागि प्रयास भइरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्