Shikhar Insurance
National Life

‘महिलालाई उद्यमसँग नजोडेसम्म अर्थतन्त्रले गति लिँदैन’

सिंहदरबार संवाददाता
२०७८ भाद्र २१, सोमबार २०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महिलालाई उद्यमसँग नजोडेसम्म मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन् ।  नेपाल महिला उद्यमी महासङ्घले भदौ १७ गतेदेखि सुरु गरेको ‘पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०७८’को समापनमा उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महिलालाई उद्यमसँग जोड्नुपर्ने बताएका हुन् ।

“मेलाले महिला उद्यमीलाई क्षमतावान बनाउँदै अनलाइनमार्फत उत्पादित वस्तु बिक्री वितरण गर्नु राम्रो कुरा हो, यसले मुलुकको अर्थतन्त्रलाई चलायनमान बनाउन सहयोग पुगेको छ,” उनले भने । अझै पनि ९० प्रतिशत महिला घरयासी काममै रहेको उनको भनाइ थियो । उनले अहिले मुलुकमा महिलाको स्वामित्वमा रहेका संस्थाको सङ्ख्या दुई लाख ५० हजार पुगेको भन्दै यसले महिलालाई आर्थिक रूपमा सशक्त बनाउँदै लैजाने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

व्यापार निकासी प्रवद्र्धन बोर्डका निमित्त कार्यकारी निर्देशक सुयस खनालले कोरोना महामारीका बीचमा गरिएको महिला उद्यम मेलाले आगामी दिनमा हुने भर्चुअल मेलालाई सहयोग पुग्ने बताए । उनले बोर्डले नेपालका उद्यमीको जानकारी दिने उद्देश्यले ‘ट्रेड पोर्टल’ सञ्चालनमा ल्याएको भन्दै यसमा जोडिन सम्पूर्ण महिला उद्यमीलाई आग्रहसमेत गरे । आगामी दिनमा महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

महासङ्घकी अध्यक्ष रिता सिंहले पाँच दिनसम्म चलेको मेलामा एक लाखभन्दा बढीले मेलाको अवलोकन गरेको जानकारी दिइन् । कोरोना महामारीका बीच गरिएको भर्चुअल मेलामा उल्लेख्य जनसहभागिता जुटेको उनको भनाइ थियो ।

महासङ्घकी प्रथम उपाध्यक्ष एवं मेला संयोजक निरु रायमाझी खत्रीले मेलाले नेपाली उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न सहयोग पुगेको बताइन् । महासङ्घकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले मेलामा उपत्यकाभित्र र काभ्रेबाट माग भएका सामग्रीलाई महासङ्घले डेलिभरी प्रदान गरेको बताइन् । उक्त मेलामा विभिन्न उत्पादित वस्तुको ८२ प्रदर्शनी कक्ष राखिएको थियो ।

महासङ्घकी महासचिव सुनिता वैद्य श्रेष्ठले मेलामा हस्तकला, रेशाजन्य, फेल्ट, कागजजन्यलगायत वस्तुहरू प्रदर्शनमा राखिएको बताइन् । हाल देशभर ५७ जिल्लामा महिला उद्यमी सङ्घ गठन भए पनि पाँचौँ मेलामा भने २४ जिल्लाका महिला उद्यमी सङ्घको सहभागिता रहेको थियो ।

उक्त मेलामा जिल्लातर्फ महिला उद्यमी सङ्घ गोरखा प्रथम, महिला उद्यमी सङ्घ सङ्खुवासभा द्वितीय र महिला उद्यमी सङ्घ बाँके तृतीय भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्