Shikhar Insurance
National Life

रौतहट एमालेको पुरै जिल्ला कमिटी माधव नेपालको समाजवादी पार्टीमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । रौतहट जिल्लाको एमाले जिल्ला कमिटी पुरै नेकपा(एकिकृत समाजवादी) पार्टीमा समाहित भएको छ । एमाले रौतहटको २०७१ साल मंसिर ६ र ७ गते निर्वाचित जिल्ला कमिटीको बैठकले सर्व सम्मत निर्णय गर्दै नेकपा(एकिकृत)मा समाहित हुने निर्णय गरेको हो ।

सो सम्मेलनबाट निर्वाचित जिल्ला अध्यक्ष अध्यक्ष कमल राय यादव, उपाध्यक्ष नितेषनन्दन मिश्र, सचिव लक्ष्मण रेग्मी, सह सचिवमा मोहम्मद करिमुल्लाहसहितको पुरै टिम समाजवादीमा समाहित भएको सचिव लक्ष्मण रेग्मीले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकले २२१ जनाको जिल्ला कमिटी निर्माण गरेको छ । बैठकमा नेकपा(एकिकृत समाजवादी)का प्रदेश अध्यक्ष रामचन्द्र यादव, केन्द्रिय सदस्य तथा संघीय संसदको विकास तथा प्रविधि समित सभापति कल्याणी खड्का, संबिधान सभा सदस्य रामकुमार भट्टराई लगायतको सहभागीता थियो ।

हालसम्म तत्कालिन एमालेका तर्फबाट रौतहट जिल्लामा निर्वाचित चन्द्रपुर नगरकी मेयर रामरति चौधरीसहित ६५ जना जनप्रतिनिधीले माधव नेपालको पार्टीमा सनाखत गरिसकेका छन् । ८० जना भन्दा बढी निर्वाचित जनप्रतिनिधीले नेकपा(एकिकृत समाजवादी) पार्टी रोज्ने सचिव रेग्मीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्