Shikhar Insurance
National Life

योगेश भट्टराईको प्रवक्ता पद पनि खोसियो, एमालेमा तेश्रो धारको बिचल्ली

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार २०:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । केपी ओली नेतृत्वको नेकपा(एमाले)ले पार्टी सचिव योगेश भट्टराईको प्रवक्ता पद पनि खोसेको छ । माओवादीसँग पार्टी एकता गर्नु अघि एमालेमा प्रचार विभाग प्रमुख रहेका भट्टराईले प्रवक्ता समेत जिम्मेवारी सम्हालिरहेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादीलाई नै ब्युताईदिएपछि ओलीले प्रवक्ताको जिम्मेवारी प्रदिप ज्ञवालीलाई सुम्पिएका थिए ।

माधव नेपाल समुहका रहेका योगेश भट्टराईसहितका १० जना नेताहरु तेश्रो धारका रुपमा एमालेमै बस्ने निर्णयमा पुगेका थिए । उनीहरुले अघि सारेको १० बुँदे समझदारी अनुसार एमालेलाई २०७५ जेठ २ अघिकै संरचनामा फर्काउने भनिएको थियो । सो मितिमा एमाले संरचना फर्काउँदा भट्टराई प्रचार विभाग प्रमुखसहित प्रवक्ताको जिम्मेवारीमा रहन्थे । ओलीको अध्यक्षतामा केहि दिनअघि बसेको बैठकले भट्टराईलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको थियो भने प्रचार विभागमा प्रदिप ज्ञवाली नै रहने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर दार्चुलाका जयसिंह धामीको भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटेर हत्या गरेको विषयमा विज्ञप्ति निकाल्दा भने प्रदिप ज्ञवाली नै प्रवक्ताका रुपमा देखा परेका छन् । उता, ओलीले अध्यक्षलाई नै थाहा नदिई प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए)को भेला बोलाएका छन् । ओली आफैं प्रमुख अतिथि रहेको भेलाबारे संगठनका अध्यक्ष अध्यक्ष रुद्रप्रसाद नेपाललाई कुनै जानकारी नै दिईएको छैन् । उनी बरिष्ठ नेता नेपाललाई छाडेर भिम रावलहरुसँगै ओली एमालेमै बसेका थिए । उनले ओली प्रमुख अतिथि बन्ने भेला अवैध रहेको विज्ञप्ति नै जारी गरेका छन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्