Shikhar Insurance
National Life

‘सेयर धितो कर्जामा १२ करोडको सीमाले बजार घटायो’ भन्दै फोरमले गुहार्‍यो अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १४:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै नेपाल इन्भेष्टर्स फोरम अर्थ मन्त्रालय पुगेको छ । नेपाल इन्भेष्टर्स फोरमका नवनियुक्त अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, प्रथम उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी मन्त्रालय पुगेका हुन् ।

फोरमले अर्थ मन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण पत्र लेखेको हो । सेयर धितो कर्जामा सीमा तोकेका कारण लगानीकर्ताहरू सेयर बेची कर्जा चुक्ता गर्न खोज्दा सेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भइ सेयर बजार घटिरहेको पत्रमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकामा सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरिएको छ । सो १२ करोड कम्तिमा ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने व्यवस्था छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फोरमले यो नीतिका कारण सेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट सेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्तालाई लगानीको वातावरण बनाउन सेयर धितो कर्जाको सीमा तत्काल खारेजीको माग गर्दै उनीहरूले अर्थमन्त्री जनार्दन शर्मालाई ध्यानाकर्षण गराएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले कोर पुँजीको ४० प्रतिशतमात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्