Shikhar Insurance
National Life

उत्तर कोरियाले चिनियाँ खोप प्रयोग गर्न मानेन

सिंहदरबार संवाददाता
२०७८ भाद्र १७, बिहीबार १०:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । उत्तर कोरियाले संयुक्त राष्ट्र संघसँग ३ मिलियन थप खोप मागेको छ । संसारभर कोरोना महामरी रहेको र खोपका लागि सरकारहरुले याचना गरिरहेका समयमा उत्तर कोरियाबाट पनि त्यस्तो सन्देश आएको हो ।

यो खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत चीनको सिनोभ्याक खोप उत्तर कोरियालाई दिईएको थियो । कोभ्याक्स कार्यक्रमको उदेश्य संसारका गरिब देशहरुका लागि खोप दिनु हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विश्व स्वास्थ्य संगठनका अनुसार १९ अगष्टसम्म उत्तर कोरियामा कोरोना देखिएको थिएन् । उत्तर कोरियामा कोरानाबारे केहि स्पष्ट भएको छैन् तर उसले कोरोना नियन्त्रणमा रहेको बताउँदै आएको छ । उत्तर कोरियाले कोरोना महामारी सुरु भएपछि सबै भन्दा पहिलो सिमा शिल गरेको थियो ।

उत्तर कोरियाले भ्याक्सिन लिन अस्विकार गरेको यो पहिलो पटक भने होइन् । यसअघि पनि सम्भावित दुश्प्रभावलाई देखाउँदै उत्तर कोरियाले एस्ट्राजेनेकाको खोप लिन अस्विकार गरेको थियो । रुसी विदशे मन्त्री सेर्गेई लावरोवले जुलाईमा स्पुतनिक भ्याक्सिन उत्तर कोरियालाई पठाएको बताएका थिए ।

उत्तर कोरियाले कोरोना भ्याक्सिनको प्रभावका बारेमा आशंका व्यक्त गरिरहेको छ । उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले अमेरिका वा युरोपका भ्याक्सिनहरुको नकारात्मक प्रभाव देखिएको बताउने गरेका छन् ।-बीबीसी हिन्दीबाट

GBIME

प्रतिक्रिया दिनुहोस्