Shikhar Insurance
National Life

सेयर खरिदमा अध्यक्ष ढुंगानाको संलग्नता छानबिन गर्न मन्त्रिपरिषदले बनायो समिति

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १९:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । छोरीले सेयर खरिद गरेका कारण विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको संलग्नताबारे छानबिन गर्न समिति गठन भएको छ । सरकारले सेयर खरीद गरेको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति बनाएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न समिति बनाएको हो । समितिमा विज्ञ सदस्यका रुपमा नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्