Shikhar Insurance
National Life

विकास बैंक पनि कोभन्दा को कम ? व्यवसाय विस्तारमा झनै आक्रामक !

राष्ट्रियस्तरका विकास बैंकले एक महिनामा ५ अर्ब ५ करोड रुपैयाँ निक्षेप थप्दा कर्जा ५ अर्ब ७७ करोड बढाए
सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त विकास बैंकहरु पनि व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना बित्दै गर्दा राष्ट्रियस्तर र क्षेत्रीयस्तर दुवै प्रकारका विकास बैंक एग्रेसिभ देखिएका हुन् ।

डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल (डीबान) का अनुसार एक महिनामै विकास बैंकले १.५ प्रतिशतले निक्षेप बढाएका हुन् । यस्तै यस अवधिमा उनीहरुले प्रवाह गर्ने कर्जा १.५५ प्रतिशतले विस्तार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डीबानका अनुसार निक्षेपमा राष्ट्रियस्तरका विकास बैंक भन्दा क्षेत्रीय स्तरका विकास बैंक बढी आक्रमक छन् । एक महिनामै क्षेत्रीयस्तरका विकास बैंकले ५.०२ प्रतिशतले निक्षेप बढाएका हुन् । तर, उनीहरुको कर्जा प्रवाह मात्र ०.४८ प्रतिशतले विस्तार भएको छ ।

यता राष्ट्रिय स्तरका विकास बैंकमा रहेको निक्षेप १.२३ प्रतिशतले बढ्दा उनीहरुको कर्जा १.६३ प्रतिशतले विस्तार भएको छ ।

१८ मध्ये १५ विकास बैंकको तथ्यांकअनुसार असार मसान्तसम्म उनीहरुसँग ४ खर्ब ४१ अर्ब ७७ करोड ६२ लाख रुपैयाँ निक्षेप थियो । महिना दिनमा यो ६ अर्ब ६० करोड ५७ लाखले बढेर ४ खर्ब ४८ अर्ब ३८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै उनीहरुले कुल ३ खर्ब ८० अर्ब ८४ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह गरेकामा ५ अर्ब ८९ करोड ९९ लाखल बढेर ३ खर्ब ८६ अर्ब ७४ करोड २२ लाख पुगेको छ ।

यीमध्ये राष्ट्रिस्तरका ८ वटा विकास बैंकमा रहेको निक्षेप ५ अर्ब ५ करोड ३६ लाख रुपैयाँले बढेको छ भने उनीहरुले प्रवाह गर्ने कर्जाको आकार ५ अर्ब ७७ करोड ९ लाख रुपैयाँले विस्तार भएको छ ।

राष्ट्रिय स्तरका विकास बैंकले कुल ४ खर्ब १५ अर्ब ८९ करोड निक्षेप संकलन गरी ३ खर्ब ५९ अर्ब ५१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।

यता ७ वटा क्षेत्रीय स्तरका विकास बैंकले ३२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

कसको बढी ? कसको कम ? सबैभन्दा आक्रामक कुन ?
राष्ट्रिय स्तरका विकास बैंकतर्फ सबैभन्दा राम्रो व्यवसाय विस्तार मुक्तिनाथ विकास बैंकले गरेको छ । बैंकले १ महिनामै ४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढाएको छ । यो वृद्धि ४.८४ प्रतिशतको हो । यस अवधिमा गरिमा र ज्योति विकास बैंकको निक्षेप भने घटेका छन् ।

यस्तै सबैभन्दा बढी कर्जा मुक्तिनाथले नै बढाएको छ । बैंकको कर्जा २ अर्ब ५४ करोड रुपैयाँले विस्तार हुँदा साइन रेसुंगाको कर्जा वृद्धिदर सर्वाधिक ४.६८ प्रतिशत छ ।

क्षेत्रीयस्तरका विकास बैंकतर्फ एक्सेलको निक्षेप सबैभन्दा बढी ८९ करोडले बढेको छ । निक्षेप र कर्जा वृद्धिदर नारायणी विकास बैंकको उच्च हुँदा सिन्धुको कर्जा सबैभन्दा बढीले विस्तार भएको छ । सिन्धुले १६ करोडले कर्जा विस्तार गरेको छ । मितेरी विकास बैंकको भने कर्जा घटेको डीबानको तथ्यांक छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्