Shikhar Insurance
National Life

करिस्मा मानन्धरले नेपाली बजारमा भित्र्याइन् इन्टेक्सका इलेक्ट्रोनिक होम एप्लायन्स, १ नं. बन्ने लक्ष्य

सिंहदरबार संवाददाता
२०७८ भाद्र १६, बुधबार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्टेक्स ब्रान्डका विद्युतीय सामान नेपाली बजारमा पाइने भएको छ । रिसिक ट्रेडिङ कन्सर्न इन्टेक्सको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा छ ।

नायिका करिस्मा मानन्धरले इन्टेक्सलाई नेपाली बजारमा भित्र्याएकी हुन् । मानन्धर रिसिक ट्रेडिङको प्रबन्ध निर्देशक पनि हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्टेक्सको टेलिभिजन, फ्रिज, वासिङ मेसिन लगायत होम एप्लायन्स तथा साना होम एप्लायन्स नेपाली बजारमा पाइने भएको हो ।

इन्टेक्स २५ वर्ष अघिदेखि विश्वबजारमा छ । होम एप्लायन्स र स्मल होम एप्लायन्सको क्षेत्रमा नेपालमा पहिलोपल्ट प्रवेश गरेको हो । ८ वर्षअघि इन्टेक्सको मोबाइल नपाली बजारमा भित्रिएको थियो ।

इन्टेक्सको सामाग्रीमा १ देखि १० वर्षसम्मको वारेन्टी छ । देशभर कम्पनीले सर्भिस सेन्टर स्थापना गरिसकेको छ ।

नायिका तथा प्रबन्ध निर्देशक मानन्धरले घरायसी इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा सर्वसाधारणले इन्टेक्स रोज्न्मा आफू विश्वस्त भएको बताइन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्