Shikhar Insurance
National Life

एकै दिन ओलीको पार्टी छाडेर ५० जना सांसदले रोजे माधव नेपालको पार्टी, दुई मुख्यमन्त्री पक्का

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । एकै दिन ओलीको पार्टी छाडेर ५० जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेभित्र नेकपा(एमाले)मै रहने वा नेकपा(एकिकृत समाजवादी)मा जाने भनेर पार्टी रोज्ने समय दिएको छ ।

आयोगको सोही समय सिमालाई ख्याल गर्दै मंगलबार एमाले छाडेर ५० जना प्रदेश सभा सदस्यहरुले एकिकृत समाजवादी पार्टी रोजेका हुन् । बागमति प्रदेशका १२ जना, सुदुरपश्चिम प्रदेशका १४ जना, लुम्बिनी प्रदेशका १ जना, प्रदेश १ का १० जना र प्रदेश २ का १३ जना सांसदले माधव नेपालको पार्टी रोजेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश सभाहरुमा सानदार उपस्थितिसँगै दुई वटा प्रदेशको मुख्यमन्त्री माधव नेपालको पार्टीले पाउने पक्का भएको छ । प्रदेश १ मा राजेन्द्र कुमार राई र बागमति प्रदेशमा राजेन्द्र प्रसाद पाण्डेलाई मुख्यमन्त्री बनाउने समझदारी सत्ता गठबन्धनमा भैसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्