Shikhar Insurance
National Life

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमाः अन्य ई–कमर्सभन्दा सस्तो र गुणस्तरीय सामान, डेलिभरी निःशुल्क

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २१:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । डोर मिट प्रालिद्धारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम विधिवत रुपमा सञ्चालनमा आएको छ । विगत ८ महिनादेखि नै ग्राहकको अर्डर अनुसार सामान डेलिभरी सेवा दिँदै आएपनि कम्पनीले कोरोना महामारीका कारण बल्ल आएर औपचारिक रुपमा डोरमिट डटकम सार्वजनिक गरेको हो ।

डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरुले ग्राहकलाई चित्तबुझ्दो सेवा दिन नसकेको कुरालाई मध्यनजर गर्दै डोरमिट डटकम सञ्चालनमा ल्याइएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“अहिले धेरै इकमर्स प्लेटफर्महरु छन्, तर उपभोक्ताले खोजेजस्तो र भरपर्दो सेवा पाइरहेका छैनन्”, सापकोटाले भने, “त्यसैले हामीले उपभोक्ताले कस्तो खालको इ–कमर्स प्लेटफम चाहेका हुन भन्ने लामो अनुसन्धान र सर्वेक्षणपश्चात, उपभोक्ताकै सुझावका आधारमा डोरमिट डटकम सुरु गरेका हौँ ।”

साना तथा मझौला उद्यम गरिरहेका उद्यमी र महिला उद्यमीलाई डोरमिटले आफ्नो प्लेटफर्म उपलब्ध गराउँदै आएको समेत सापकोटाले जानकारी दिए ।

डोरमिट डटकममा सबै ब्राण्डका विद्युतीय सामग्री, महिला तथा पुरुषका सबैखाले सामग्री, लत्ताकपडा, फर्निचर र दैनिक उपभोग्य सामग्रीदेखि बिलासिताका बस्तुसम्म गरी १५ हजारभन्दा बढी सामान अर्डर गर्न सकिन्छ ।

हाल सञ्चालनमा रहेका इ–कमर्स साइटहरुले अर्डर डेलिभरी गर्न ४–५ दिन लगाउने गरेको र चर्को डेलिभरी शूल्क असुल्ने गरेकोमा डोरमिट डटकमले भने काठमाडौंको रिङरोडभित्र एक हजारभन्दा बढी मूल्यको सामान अर्डर गर्दा निःशुल्क डेलिभरीको सुविधा दिइरहेको छ ।

कम्पनीले विभिन्न चाडपर्व र दिवसहरुको अवसरमा विभिन्न अफर घोषणासँगै डोरमिट डटकमबाट सामान अर्डर गर्ने ग्राहकहरुमध्येबाट गोलाप्रथामार्फत भाग्यशाली ग्राहकहरुलाई विभिन्न आर्कषक उपहार समेत प्रदान गर्दै आएको छ ।

हालसम्म ३००० बढी हजार सामानको अर्डर डेलिभर गरिसकिएको र दैनिकरुपमा ६० देखि ७० वटासम्म अर्डर आउने गरेको कम्पनीले जानकारी दिएको छ ।

अन्य इ–कमर्स साइटभन्दा सस्तोमा र गुणस्तरीय सामान खरिदको सुविधा, छिटो र निःशुल्क डेलिभरी सेवा, सहजरुपमा सामान फिर्ताको सुविधाजस्ता कारणले गर्दा डोरमिट डटकम प्रतिको आम उपभोक्ताको आकर्षण र विश्वास बढ्दै गएको कम्पनीको भनाई छ ।

डोरमिट डटकमको सेवा विस्तारै देशैभर विस्तार गर्ने र डिजिटल नेपालको सरकारको सपनामा योग्दान पुर्याउने गरी काम गर्दै जाने कम्पनीको उद्देश्य रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्