Shikhar Insurance
National Life

तिज स्पेसलः लगानी व्यवस्थापन सेवामा प्रभु ऐश्वर्य योजना शुरु (पाइन्छन् यस्ता सुविधा)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २१:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तरगत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्‍याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नुहुनेछ । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याईएको हो । यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था गरिएको छ । त्यसै गरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ ।

यस योजनाको विस्तृत विवरण पाउनका लागी ग्राहकहरुले यस क्यापिटल अन्तर्गत पिएमएस हटलाइन सपोर्ट नं. ९८४००७६२०० तथा ०१–५९७०२०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्