Shikhar Insurance
National Life

पञ्चकन्या ग्रुपले स्थापनाको ४९औं वार्षिकोत्सव मनायो, सम्मानित भए डिलरहरु

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार २१:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ४९औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ९१औं जन्मोत्सव यही भदौ १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन, सिलिण्डर तथा हेभी इक्विपमेन्टका डिलरहरुलाई पुरस्कार, प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अन्तरगत वर्षभरी पञ्चकन्या डन्डी बिक्री गरी प्रथम हुने न्यू बज्रयोगिनी ट्रेडर्स, कलंकी, काठमाडौं, दोस्रो हुनेमा पञ्चकन्या आइरन स्टोर, जनकपुर र तेस्रो हुनेमा बेबी इन्टरप्राइजेज, जनकपुर त्यसैगरी प्लास्टिक डिभिजन अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान ट्रेडिङ्ग, बुटवल, तेस्रो प्रसन्न ट्रेडलिङ्क एण्ड सप्लायर्स, बुटवल, साथै एसएस ट्याङ्क विभाग अन्र्तगत प्रथम हुने मयुर फौसेट्स, काठमाडौं, दोस्रो किसान ट्रेडिङ्ग, बुटवल, तेस्रो पञ्चकन्या सप्लायर्स, बुटवल त्यसैगरी रुफिङ्ग डिपाट्मेन्ट अन्र्तगत प्रथम स्थान हुने किसान ट्रेडिङ्ग, बुटवललाई सम्मान गरियो ।

कार्यक्रममा ईम्प्लोइ अफ द इयरबाट प्रजन ताम्राकार, आई.टि विभाग र म्यानेजर अफ द इयर भरत खत्री, स्टील विभागलाई र मस्ट प्रोमिसिङ्ग अवार्डबाट अलिना श्रेष्ठ, कमल सुवेदी, प्लास्टिक विभाग, असिम धिताल हाइड्रो विभाग र अजय शर्मा प्रशासन विभागलाई सम्मान गरियो । त्यसैगरी सराहनीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्