Shikhar Insurance
National Life

फोनपेबाट कारोबार गर्ने झापाका उज्जलले पाए हुण्डाइ आईटेन नियोस (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । फोनपे पेमेन्ट सर्विसले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ । यस योजनामा झापा विर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन ‘नियोस’ गाडी जित्न सफल भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनलाई एक कार्यक्रमका बीच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर, नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्रान्ड एम्बास्डर सन्दिप क्षेत्रीले गाडी हस्तान्तरण गरे ।

अधिकारी नविल बैंकका ग्राहक हुन् ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।

फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्