Shikhar Insurance
National Life

सेयर बजारमा पहिरोः नेप्से ६९ अंकले घट्दा सवा १३ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारमा फेरि गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९ अंकले घटेर २९७५.८४ मा ओर्लिएको हो ।

आइतबार ४९ अंकले घटेको नेप्से परिसूचकमा मंगलबार पनि भारी गिरावट आएको हो । सोमबार सार्वजनिक बिदा थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार कारोबार सुरू हुँदै घट्न थालेको नेप्से परिसूचक अन्त्यसम्म घटेको हो । कारोबारमा आएका १ सय ७२ कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक पनि ओर्लिएको छ । १४ कम्पनीको भने मूल्य बढेका छन् ।

कारोबार रकम भने १३ अर्ब २५ करोड पुगेको छ । त्यसक्रममा २ सय २७ स्क्रिप्ट किनबेच भए । कुल २ करोड ३१ लाख कित्ता सेयर १ लाख ३० हजार कारोबार भयो ।
नेप्से ६९.०५ अंकले घट्दा सबै समूहगत उपसूचक घटे । विकास बैंक, वित्त, जलविद्युत र अन्य समूहमा ३ प्रतिशतको गिरावट आए ।

कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.५८ प्रतिशतले बढ्दा रूरू हाइड्रोको मूल्य १० प्रतिशतले घटेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्