Shikhar Insurance
National Life

हुम्लाको लिमीमा विस्तार हुँदै फोर–जी, टावर बनाउँदै टेलिकम

सिंहदरबार संवाददाता
२०७८ भाद्र १५, मंगलवार ०९:२४
Hyundai
NCELL
NIMB

कर्णाली । हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएकोछ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ ।

लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका जनता सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीका जनतालाई सञ्चारमा जोड्नका लागि फोर–जीको टावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । अध्यक्ष लामाले भने, “जनता सञ्चारमा जोडिने आशामा धेरै समयसम्म रहेका थिए । अब पूरा हुने भएको छ ।” उहाँका अनुसार गाडको सुविधा नभएको र मानिसले बोक्न नसक्ने भएकाले हेलिकप्टरमार्फत सामान ढुवानी गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टावर निर्माणका लागि सोलार सीस्टमका उपकरण सिम्रीक एयरको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ । जनतालाई विकास र समृद्धि भएको अनुभूति गराउनुका साथै सञ्चारको पहुँचमा जोड्नका लागि फोर–जी टावर निर्माण गर्न लागिएको हो । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्