Shikhar Insurance
National Life

केपी ओली विरुद्ध ईश्वर पोखरेलले एमाले अध्यक्षमा चुनाव लड्ने

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार २०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षका लागि आगामी महाधिवेशनमा चुनाव लड्ने तयारी गरेका छन् । राजधानी काठमाडौंमा आफु निकटका पत्रकारहरुलाई भेला गरेर महासचिव पोखरेलले एमालेको आगामी महाधिवेशनमा केपी ओली विरुद्ध अध्यक्षमा निर्वाचन लड्ने तयारी गरेको सन्देश दिएका हुन् ।

उनलाई पत्रकारले सोधेका थिए, आगामी महाधिवेशनमा तपाई अध्यक्षको उम्मेदवार हो ? त्यसका जवाफमा पोखरेलले भनेका छन,‘म अध्यक्ष पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मोटामोटी पहिलो पुस्तामै गनिने पोखरेलले यो महाधिवेशनमा अध्यक्ष बन्न नसके कहिल्यै एमालेको अध्यक्ष बन्न नसक्ने आकलन गरेको बताईन्छ । पोखरेलले कम्तिमा पनि ओलीलाई सर्व सम्वत अध्यक्ष बन्न नदिने रणनीति बनाएको श्रोत बताउँछ । उनी सके यसैपाली र त्यो सम्भव नभएमा महाविधेशन सकिएको केहि समयपछि ओलीले आफुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने अडानमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्