काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका आसन्न महाधिवेशनमा महामन्त्री पदमा पुनः उम्मेदवार हुने घोषणा गरेका छन् । अघिल्लो महाधिवेशनमा कृष्ण सिटौला समुहबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सम्मानजनक मत ल्याएका थिए ।
यसपाली भने प्रमुख दुई टिममध्ये एक टिमबाट आधिकारीक उम्मेदवार बन्ने र जित्ने उनले दावी गर्दै आएका छन् । नेपाली काँग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने थापाले सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा वा संस्थापन इतर समुहबाट उम्मेदवार बनेर जित्ने तयारी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्