Shikhar Insurance
National Life

लगानी बोर्डको १० वर्षः ११ अर्ब डलरको विदेशी लगानी भित्रियो, आधा हाइड्रोमा मात्रै

सिंहदरबार संवाददाता
२०७८ भाद्र १४, सोमबार १४:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानी बोर्डको कार्यालय स्थापनाको १० वर्षमा ११ अर्ब डलरबराबरको परियोजनामा विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डले परियोजना तथा अध्ययन अघि बढाउन सो रकम बराबरको विदेशी लगानी अनुमोदन गरेको हो ।

बोर्डले भदौ २३ गते स्थापनाको १० वर्ष पुरा गर्दै छ । बोर्डबाट हालसम्म ३३ परियोजना अघि बढेका छन् । जसमध्ये सबैभन्दा बढी १६ वटा ऊर्जा परियोजना छन् । यस्तै ६ वटा खानी तथा खनीज, पर्यटन, यातायात र सहरी विकासका ३–३ वटा र उत्पादनमुलक क्षेत्रका २ वटा परियोजना बोर्डमार्फत् अघि बढेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्डबाट लगानी स्वीकृति पाएका ३३ मध्ये ७ वटा परियोजनाले अध्ययनका लागि मात्र अघि बढेका हुन् । जसमध्ये १ अर्ब २७ करोड डलर विदेशी लगानी अध्ययनका लागि मात्र स्वीकृत भएको हो ।

बोर्डबाट लगानीको अनुमति पाएका ऊर्जा परियोजना ५ अर्ब ५० करोड डलर बराबरका हुन् । यस्तै उत्पादनमुलक क्षेत्रमा ६९ करोड, खानी तथा खनीज क्षेत्रमा १ अर्ब ९२ करोड, पर्यटनमा २ अर्ब ५१ करोड, यातायातमा १९ करोड र सहरी पूर्वाधारमा ६ करोड डलर विदेशी लगानी स्वीकृत भएको छ ।

 

तथ्यांकः लगानी बोर्डको कार्यालय

May be an image of text that says "Government of Nepal Investment Board Nepal 10 DAYS TO 10 YEARS September September8,2021 3, 15 PROJECTS ENERGY 4600 MILLION USD 6 PROJECTS MINES AND MINERALS 1630 MILLION USD 3 2 PROJECTS URBAN INFRASTRUCTURE 60.4 MILLION USD 2 PROJECTS 638 MILLION USD INDUSTRIAL INFRASTRUCTRUE 1 2 PROJECT TOURISM 117.5 MILLION USD"

यी हुन् काम सुरु भएका परियोजनाहरूः

लगानी स्वीकृत भएका केही परियोजनाको निर्माण सुरू भइकेपनि सम्पन्न भएको भने छैन ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्