Shikhar Insurance
National Life

नविल बैंकमा एनबी इन्टरनेसनलको लगानी : यसो भन्छन् डेपुटी गभर्नर मिश्र

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार २२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नबिल बैंकमा एनबी इन्टरनेसनलको लगानीको बैधताबारे कुनै समस्या नरहेको बताएका छन् ।

सिंहदरबारसँगको लामो अन्तरवार्ताका क्रममा उनले नबिल बैंकमा एनबी इन्टरनेशनलले गरेको लगानी नेपाल राष्ट्र बैंकमा लेखांकन गरिएको र त्यसबारे कुनै आशंका नरहेको स्पष्ट पारेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नबिल बैंकको नाम नलिई एनबी इन्टरनेशनलको लगानी र प्रतिफल फिर्ता लैजाने प्रकरणमा नेपाल राष्ट्र बैंकले दुःख दिएको भन्ने जानकारी आफुसँग नरहेको पनि बताएका छन् । नबिल बैंकमा आईरिस कम्पनी एनबी इन्टरनेशनलको ५० प्रतिशत लगानी रहेको छ । सो कम्पनीमा पुरै लगानी बिनोद चौधरीकै रहेको भन्दै बेला बेलामा प्रश्न उठ्ने गरेको छ ।

डेपुटी गभर्नर मिश्रले अन्तरवार्ताका क्रममा यसो भनेका छन्ः
नेपाल राष्ट्र बैंकले कुनै पनि बैंक तथा वित्तिय संस्थाहरुमा विदेशी लगानी स्वीकार गरेको छ । एनबी इन्टरनेशनलको लगानी नेपाल राष्ट्र बैंकले लेखांकन गरेको छ । त्यसमा फाइल उठाउने, बोकर हिड्ने कुरा आएन । केहि टिप्पणी उठाउनु पर्ने भयो भने फाइल उठाउने कुरा त आयो । तर त्यो फाइल बोकेर दुःख दिने कुरा आएन र छैन पनि ।

‘सस्पेक्टेड इन्भेष्टमेन्ट’ भन्ने लागेको थियो भने त लगानीको लेखांकन नै गर्ने थिएनौं नी । लेखांकन गरेका छौं नी हामीले । विदेशी लगानीको लेखांकन गरेन भने त्यो वापतको डिभिडेन्टहरु फिर्ता गर्न पाइदैन् । डिभिडेन्ट लैजान रोकिएको जस्तो मलाई चाँही लागेको छैन् । त्यस्तो भएको छैन् । विदेशी लगानी लेखांकन गरिसकेपछि त्यस्तो केहि समस्या आउँदैन् ।

दुई दिन ढिला भयो, कोहि मान्छेलाई हतार भएको थियो, कोहि बिरामी भएको थियो र फाइल ढिलो भएको थियो भने त्यस्तो जस्को पनि हुन सक्छ । यसमा अन्यथा लिनु हुन्न ।

 

(डेपुटी गभर्नर मिश्रसँगको विशेष अन्तरवार्ता सिंहदरबारको युट्युव च्यानलमा हेर्न सकिन्छ ।)

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्