Shikhar Insurance
National Life

४८ घण्टाभित्र सरकारले पूर्णता पाउँछः विश्वकर्मा

सिंहदरबार संवाददाता
२०७८ भाद्र १३, आईतवार २१:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमनत्री मीन विश्वकर्माले ढिलोमा अबको ४८ घण्टाभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच सहमति भैसकेको उनको भनाई छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले माधव नेपालले पनि सरकारमा सहभागी हुने बताएकोले नै पर्खिंदा सरकारलाई पूर्णता दिन केही ढिलाई भएको भएपनि भोलि साँझसम्म मन्त्रिपरिषद् विस्तार भैसक्ने दाबी गरे ।

कार्यक्रममा उनले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश नल्याएको भए संसद् र सरकारको पूर्ण कार्यकाल सुनिश्चित्ता गर्न नसकिने थियो भन्ने धारणा राखे । उनले आफूहरुको कारण एमाले विभाजन नभएको पनि स्पष्ट पारे । लोकतन्त्रमा दल विभाजन हुन दुःखद् भएको उनको टिप्पणी थियो । उनले भने,‘अहिले एमाले अप्ठ्यारोमा छ । नेताहरुको अभिव्यक्ति आक्रोशित छ । एमाले नेताहरुको प्रश्नको जवाफ दिन थालियो भने हामी पनि अलमलमा पर्छौं । १६ पुगी १७ लाग्दा यस्तै हुन्छ नि भन्ने गीतजस्तै पार्टी फुट्दा यस्तै हुन्छ । छोडेर जानेहरुलाई सत्तोसराप गर्ने प्रचलन हो । एमाले र माओवादी केन्द्र जोडदा ४५ लाख मत थियो । कांग्रेस एक्लैले ३५ लाख प्राप्त गरेको थियो । जनमत कांग्रेसको ठूलो हो । गएको निर्वाचनमा केही ट्याक्टिस, हावादारी कुरा नगर्दा, रेल, तेल र सुरुङको कुरा नगर्दा हामी परीणाममा दोस्रो भयौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले राजनीति दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु गलत नभएको पनि स्पष्ट पारे । उनले भने,‘त्यो संसद् नभएको बेला ल्याईन्छ । हिजो केपी ओलीले पुष ५ गते संसद् विघटन गरेर ल्याउनुभयो । अहिले शेरबहादुर देउवाले संसद् पूनःस्थापना गरेर संसद्को अधिवेशन अन्त्य भएको बेलामा ल्याउनुभयो । हिजो दल विभाजन गर्ने मनशाय नै थिएन । तर, अहिले त अवस्था अर्कैै थियो । अध्यादेश अपरिहार्य थियो । सुरक्षित रुपमा ल्याईएको थियो ।’ उनले प्रतिनिधिसभा सभामुख अग्नि प्रसाद सापकोटाको भूमिका ठीक रहेको पनि स्पष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्