बमबहादुर मिश्र नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर हुन् । राष्ट्र बैंकभित्र उनलाई विदेशी विनिमय, सुपरिवेक्षण र नियमनमा विशेष दख्खल राख्ने व्यक्तिका रुपमा चिनिन्छ ।
राष्ट्र बैंकमा जागिर सुरु गरेको १९ वर्ष नपुग्दै मिश्र डेपुटी गभर्नर बनेका हुन् । प्रस्तुत छ, उनै मिश्रसँग समसामयिक विषयवस्तु, नेपालको अर्थतन्त्र, नेपाल राष्ट्र बैंकको कार्यक्षेत्र तथा हालै आएको मौद्रिक नीतिबारे सिंहदरबारले गरेको कुराकानीको सारसंक्षेपः
– आम जनमैत्री मौद्रिक नीति ल्याएका छौं । यसले उद्योगी–व्यवसायी, बैंकर, सर्वसाधारण सबैलाई ध्यानमा राखेको छ ।
– ब्याजदर कोरिडोरले स्थायित्व सिर्जना गर्छ ।
– विगत १२–१५ वर्षका मौद्रिक नीतिमध्ये पछल्लिा २ वटा नीति सबैभन्दा महत्वपूर्ण छन् ।
– गत आवको मौद्रिक नीतिले बैंक, व्यवसायलाई टिकायो । चालु आवको मौद्रिक नीतिले गत आवको मौद्रिक नीतिको लिगेसी बोकेको छ ।
– कसैको घाँटी थिच्ने मौद्रिक नीति होइन ।
– जनताको पैसा राखिदिनेको संरक्षण गर्नु हाम्रो दायित्व हो, हुर्मत लिने भन्ने कुरा आउँदैन ।
– बैंकहरुको प्रतिफल घटेको कुरा सत्य हो । ५ वर्ष अघि ईपीएस राम्रो थियो । तर, क्रिकेटको भाषामा भन्दा यो बेला क्रिजमा टिक्ने बेला हो । व्यवस्था टिकाउँदा हामी कसैलाई मर्कामा पार्दैनौं ।
– नयाँ बैंक खुल्दै गर्दा उनीहरुसँग निक्षेप नभएको स्थितिमा कोर पुँजीबाट पनि कर्जा दिने व्यवस्थाका लागि संसारमै नभएको सीसीडी रेसियोको अभ्यास गरेका थियौं । समयक्रम बित्दै जाँदा सीसीडीको आवश्यकता देखिएन । त्यसैले सीडी रेसियो अभ्यास गर्न थालेका हौं ।
– सीसीडी खारेज गरी सीडी लागु गर्दा २ सय ४७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्न सकिन्छ ।
– लोनेबल फन्डको क्राइसिस ल्याउनुहुन्न भन्नेमा राष्ट्र बैंक क्लियर छ ।
– गत आवमा अनुमान गरेभन्दा बढी कर्जा वृद्धि भएकाले त्यसको प्रभाव शोधनान्तर स्थितिमा परेको थियो ।
– जसरी यहाँको आवश्यकता हेरेर संसारमै नभएको सीसीडी कार्यान्वयन गरिएको थियो । त्यसरी साधारण र संस्थापक सेयर धनी छुट्याइएको हो । यसो गर्नुको अर्थ बैंकको चिनारी र स्वामित्व स्पष्ट पार्न पनि हो ।
– बैंकको संख्या कति हुनुपर्छ भन्ने अध्ययन गर्नुपर्छ ।
– यसअघिका ठूला मर्जरबाट राम्रो नतीजा पाएका थियौं । उस्तै उपलब्धि हासिल गर्न यो वर्ष हामी ‘पोलाइट’ भएका छौं ।
– उतिबेला पोस्ट मर्जर अवधिमा केही समस्या देखिए । जसरी विवाह गर्दा सुरुमा भाषा, व्यवहार, खानपिनमा भिन्नता हुन्छ । त्यसैगरी मर्जरमा जाँदा कर्मचारीमा तालमेल नमिल्नु स्वभाविक हो । यद्यपि हामी यस्ता समस्या सकैसम्म कम गर्नुपर्छ भन्ने पक्षमा छौं ।
– ‘ह्युमन फिलिङ्स’ बारे अध्ययन पनि गरिरहेका छौं ।
– केही वर्षकै बीचमा भुक्तानी प्रणालीमा राष्ट्र बैंकले ठूलो छलाङ मारेको छ । सरकारी भुक्तानी धेरै डिजिटलाइज भएको छ ।
– यो वर्षभित्रै नेसनल स्विच आउँछ । कार्डमा भिसाको स्थानमा नेपाली नाम आउँछ । विदेशी स्विच प्रयोग गरेवापत् विदेशीने नेपाली मुद्रा स्वदेशमै रहन्छ ।
– म यो भन्न चाहन्छु कि कतै भुक्तानी क्यूआरबाट गरौं ।
– जसरी बैंक तथा वित्तीय संस्थालाई नियमानुसार लाइसेन्स दिइन्छ । भुक्तानी सेवा प्रदायक/सञ्चालकलाई पनि नियमअनुसार लाइसेन्स दिन्छौं । अझै, उनीहरुबाट बैंकबाट झैं सेवा दिने योजना बनाइरहेका छौं ।
बाँकी भिडियाेमा…
प्रतिक्रिया दिनुहोस्