Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण, नयाँ कहाँ ?

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार २१:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले काठमाडौं महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाइनान्सले सोही वडाको न्युरोड, पिपलबोट स्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो ।

नयाँ शाखा कार्यालयको उदघटन संस्थाका सञ्चालक समितिका महिला सञ्चालक श्रीमती सुशिला खनाल तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायी तथा संस्थाका पूर्व पदाधिकारी एवम् स्थानीय जनप्रतिनीधिको उल्लेखनीय उपस्थिति थियो । नेपालको ४ वटा पुरानो फाइनान्स कम्पनीहरु मर्ज भई बनेको बेष्ट फाइनान्स कम्पनीले हाल १४ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा दिँदै आएको छ । संस्थाको प्रधान कार्यालय कमलादी, काठमाडौंमा छ ।

संस्थाबाट हाल डिजिटल बैंकिङ सेवालगायत नेपाल राष्ट्र बैंकको नीतिबमोजिम विभिन्न बचत योजनासहित सहुलियत कर्जासमेत प्रदान गर्दै आएको फाइनान्सले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्