Shikhar Insurance
National Life

मौसम पूर्वानुमानमा आईटीसम्बन्धी दरबन्दी थपौंः मन्त्री भुसाल

सिंहदरबार संवाददाता
२०७८ भाद्र ९, बुधबार २०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गरेकी छन् । बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको निरीक्षण गर्ने क्रममा उनले समान उद्देश्य रहेका संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिइन् ।

विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भएता पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ छ । उनले भुक्षय, बाढीपहिरोजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताइन् । मन्त्री भुसालले भनिन्, “बाढी तथा पहिरोको असर हामीले झेलिरेका छौँ । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जलधनको क्षति भएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले मौसमजन्य विपत्तीबाट जनताको जीवनको रक्षा गर्ने तथा हुन सक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले २४ सै घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गरिन् । मन्त्री भुसालले सङ्गठन पुनःसरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि (आईटी) सम्बन्धी दरबन्दी समयाअनूकुल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

जलस्रोत तथा सिंचाई सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजनाअनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिए । सो अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्