Shikhar Insurance
National Life

म राजीनामा दिन्नः बोर्ड अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार २१:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुुंगानाले आफुले राजीनामा नदिने स्पष्ट पारेका छन् । छानविनलाई सहयोग गर्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि ढुंगानाले पनि राजीनामा दिने आंकलन गरिएको थियो ।

तर उनले भने सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा आफ्नो कुनै गल्ति नरहेकाले राजीनामा नदिने स्पष्ट पारेका हुन् । ‘विहे गरेकी छोरीले सर्वाेत्तम सिमेन्टको सेयर किनेकी रहिछिन्, त्यसमा मेरो कुनै संलग्नता छैन, आफ्नो कुनै गल्ति नै नभएपछि राजीनामा दिने कुरै आउँदैन’, बोर्ड अध्यक्ष ढुंगानाले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सर्वाेत्तम सिमेन्टको सेयर किनबेच प्रकरणबारे हुने जुनसुकै छानविनलाई पनि सहयोग गर्ने बताएका छन् । तर आफु कसैको दवावमा नपर्ने र त्यसै जिम्मेवारीबाट नभाग्ने पनि बताए । आफु पुँजी बजारको दिगो विकास र विस्तारमा लागिपरेको र जिम्मेवारी अनुसारको काम गरेरै छाड्ने पनि दावी गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्