Shikhar Insurance
National Life

बाटो नपुगेको जग्गा धितो राखेर २० लाखसम्म ऋण पाइने

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार २०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । अब बाटो नपुगेको खेतियोग्य जग्गा धितोमा राखेर पनि ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बाटो नपुगेको खेति योग्य जग्गा धितोमा राखेर २० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न ल्याएको एकिकृत निर्देशनमा त्यस्तो व्यवस्था गरिएको हो । तर त्यसरी प्राप्त भएको कर्जा कृषि, हस्तकला तथा शिपमुलक व्यवसायमा उपयोग गर्नुपर्नेछ । यो कर्जा आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम थपेर प्राप्त हुनेछ र आवेदकले आवेदन दिएको सात दिनभित्र कर्जा पाइने हो वा होइन भन्ने जवाफ पाईसकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले एकिकृत निर्देशनमा भनेको छ–‘इजाजतपत्रप्राप्त संस्थाले रु. १ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवम् उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ । रु २० लाख सम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्