Shikhar Insurance
National Life

अलपत्र पर्‍यो शीतभण्डार निर्माण

सिंहदरबार संवाददाता
२०७८ भाद्र ८, मंगलवार १२:५४
Hyundai
NCELL
NIMB

सप्तरी । राजविराज नगरपालिकस्थित देउरी भरुवामा सहकारी शीतभण्डारको निर्माण अलपत्र परेको छ । राजविराज –१२ देउरी भरुवामा निर्माणाधीन सो शीतभण्डारको क्षमता तीन हजार मेट्रिक टनको छ । ठेकेदारको चरम लापरवाहीले निर्माणकार्य अहिले रोकिएको छ । ठेकेदार कम्पनीले कोरोना महामारीको बहाना देखाएर विगत ६ महिनादेखि काम स्थागित गरेको बताइएको छ ।

जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापननमा सहयोग पुर्‍याउने ध्येयले सो कार्य अगाडि बढाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विसं २०७५ फागुन महिनामा शिलान्यास गरी निर्माण थालिएको शीत भण्डारको काम ५० प्रतिशत भएको छैन । स्थानीयवासीका अनुसार शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको थियो ।

सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौं किसानले लाभ लिन सक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल भइराखेको बताए । उनका अनुसार यसका लागि पहिलो किस्ता रु तीन करोड बजेट निकासा भएको थियो । अहिले बजेटका अभावमा काम रोकिएको बताइएको छ ।

सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन् । सङ्घीय सरकारको ६० ,सङ्घ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने सो शीतभण्डारको क्षमता ३ हजार मेट्रिक टन रहने जनाइएको छ ।

पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाइ ४८ मी, चौडाई ४०.८५ मी उचाइ ९.५ मी रहने प्राविधिकले जनाएका छन् । कूल ६४ हजार ९८२.६८ वर्गमी जग्गा क्षेत्रफल ओगटेको शीतभण्डार मूल्य अभिवृद्धि कर बाहेक रु २७ करोड लाग्ने जनाइएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्