Shikhar Insurance
National Life

मेगा म्युचुअल फण्ड १ को निष्काशन आजदेखि

सिंहदरबार संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा म्युचुअल फण्ड १ आजदेखि निष्काशन तथा बिक्री खुला भएको छ । यो मेगा क्यापिटल मार्केट्स लिमिटेडको व्यवस्थापनमा पहिलो म्युचुल फण्ड हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल इकाई मध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिनेछ । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने पाइन्छ ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ १० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्