काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ । बिहिवार बसेको मन्त्री परिषद बैठकले राजबिराजका झालाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको हो ।
उनी माधब नेपाल निकट युवा संघका उपाध्यक्ष हुन ।
झा नेतृत्वको कम्पनीले पहिलो कामकै रुपमा जनकपुर जयनगर रेल सेवा आरम्भ गर्नेछ ।
ओलि सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई देउवा सरकारले स्पष्टीकरण सोधेपछि राजिनामा दिएका थिए ।
रेल बिभागको नेतृत्वमा निर्माण भएको संरचनामा रेल सन्चालनका लागि सार्वजनिक सस्थानका रुपमा सरकारले कम्पनी स्थापना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्