काठमाडौं । नेप्से परिसूचकले नयाँ किर्तिमान कायम गरेको छ । परिसूचक इतिहासकै उच्च ३१९८.१९ अंकमा पुगेको हो ।
३२ सय अंक पार गरेर फर्किएको नेप्सले किर्तिमान कायम गर्ने क्रममा १ सय १८ कम्पनीको सेयर मूल्य बढ्यो । ४ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढ्दा ६२ कम्पनीको सेयर मूल्य घटेको छ ।
यस्तै अहिलेसम्मकै दोस्रो बढी कारोबार भएको छ । दिनभर ३ करोड ६५ लाख कित्ता सेयर २१ अर्ब ३१ अर्ब रूपैयाँमा किनबेच भयो ।
प्रतिक्रिया दिनुहोस्