काठमाडौं । गोल्यान समूहले माटो ब्राको थप नयाँ फ्रेन्चाइजि आउटलेट सामाखुसिमा मंगलबारबाट सञ्चालनमा ल्याएको छ ।
गोल्यान समूहले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंको समाखुशीमा माटोको नयाँ फ्रेन्चाइजि आउटलेट सञ्चालनमा ल्याएको हो ।
उक्त स्टोरको उद्धघाटन पूर्व सभामुख ओनसरि घर्तीले गरेकी हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै घर्तीले माटोले आफ्नो उत्पादनहरुलाई थप गुणस्तरिय बनाएर उपभोक्ताको मन जित्न लाग्नुपर्ने बताईन् । त्यस्तै, उनले यस्तो स्टोरहरु देशका अन्य ठाउँहरुमा पनि विस्तार सुझाव दिईन् ।
साथै, उद्धघाटन कार्यक्रममा गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्दै नेपालको उत्थान गर्ने एक मात्र उद्देश्यका साथ माटोको स्थापना भएको बताए ।
उनले स्थानिय स्रोत भएको, प्राङगरिक रुपमा उत्पादित ताजा खाद्य सामाग्री नेपाली कृषक र उपभोक्ताहरु बिचको दुरी कम गर्न एक कदम अगाडी बढाएको बताए ।
हाल माटोको स्टोर सानेपा, नारायणथान, कुपन्डोल, गोल्फुटार, नयाँ बानेश्वर, झम्सिखेल र नक्सालमा सञ्चालनमा छन् । साथै, यस स्टोरले पाँच सय मिटरसम्मको दुरीमा निशुल्क डेलिभरि पनि गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्