काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको उद्धारका लागि आवश्यक तयारी भैसकेको बताएका छन् ।
सोमबार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’
प्रतिक्रिया दिनुहोस्