Shikhar Insurance
National Life

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३०, शनिबार १२:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । गोला प्रथाद्धारा सानिमा लाइफको आईपीओ भाग्यशाली ५ लाख ४० हजार जना आवेदकले न्यूनतम १० कित्ता प्राप्त गरेका छन् ।

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा २४ लाख १९ हजार ८ सय ४८ वटा आवेदन परेको थियो । सोमध्ये दोहोरो आवेदनका कारण ५ हजार ४ सय ३४ तथा अन्य कारणबाट १ लाख ०६ हजार २ सय ९२ आवेदन रद्ध भए । बाँकी रहेका २३ लाख ८ हजार १ सय २२ वटा आवेदकलाई गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण २० गते देखि २४ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख कित्ता छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ४.४८ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्