Shikhar Insurance
National Life

मानुषीको आईपीओः १० कित्ता पर्नेको भन्दा भर्नेको संख्या पहिलो दिन नै १६ गुणा बढी

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १९:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै पर्नेको संख्याभन्दा १६ गुणा बढीले आवेदन दिएका छन् । लघुवित्तको आईपीओमा पहिलो दिनै ५ लाख ८१ हजार जनाले आवेदन दिएका हुन् । जबकि १०–१० कित्ताका दरले बाँडफाँड गर्दा यो आईपीओ ३६ हजार जनालाई मात्र पर्नेछ ।

पहिलो दिन बुधबार ५ लाख ८१ हजार ६ सय ३३ जनाले ७९ करोड २ लाख ९१ हजार रुपैयाँ बराबरको ७९ लाख २ हजार ५ सय १० कित्ता सेयर माग गरेका हुन् । कम्पनीको आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मानुषीले कुल जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।
कुल निष्काशनको ०.५ प्रतिशतले हुन आउने ५ हजार ४ सय ६९ कित्ता सेयर कर्मचारीहरुलाई र ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५ सय ९३ कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्छन् ।

कम्पनीको जारी पुँजी १० करोड रुपैयाँ र चुक्तापुँजी ७ करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड रुपैँया पुग्नेछ ।

आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी सिंगल बी प्लस’ इस्युअर रेटिङ्ग प्रदान गरेको छ। मानुषीको आईपीओ बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्