Shikhar Insurance
National Life

२१२ रुपैँयामा आईपीओ ल्याउने रिलायबल लाइफको कस्तो छ वित्तिय विवरण ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा आर्जन गरेको भन्दा एक अर्ब ३८ अर्थात ८७ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले जम्मा एक अर्ब ५७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

प्रति कित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने तयारीमा रहेको रिलायबलको जीवन बीमा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ छ । जुन अघिल्लो आवमा जम्मा एक अर्ब १७ करोड रुपैयाँ मात्रै थियो । रिलायबलको जगेडा तथा कोषमा ८४ करोड रुपैँया रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ८ हजार ६४ वटा दावी वापत ७५ करोड रुपैँया भुक्तानी गरेको छ भने अभिकर्ताले ४२ करोड रुपैँया कमिसन पाएका छन् ।
कम्पनीले हालसम्म ६ अर्ब ४० करोड रुपैँया बीमा शुल्क आर्जन गरेको देखिन्छ । कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा छ भने प्रति सेयर नेटवर्थ १६५.९६ रुपैयाँ रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्