Shikhar Insurance
National Life

निषेधाज्ञा उल्लङ्घन गर्ने पसललाई ३ हजार जरिवाना

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार ०८:१६
Hyundai
NCELL
NIMB

हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लङ्घन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कारबाही स्वरुप उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले जरिवाना लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मास्क नलगाई हिँड्ने एक सय २३ जनालाई प्रतिव्यक्ति रु एक सयका दरले जरिवाना लिएर कारबाही गरेको छ । यसैगरी प्रहरीले आज आठ सय ९९ थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्