Shikhar Insurance
National Life

कसैको टाङमुनी छिरिन्न, सांसद पद गएकाहरुलाई जिताउने जिम्मा मेरोः नेपाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार २०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका नाममा कसैको टाङमुनी नछिर्ने स्पष्ट पारेका छन् । सरकारी विद्यालय पढेर एमबीबीएसको प्रवेश परिक्षामा टपर भएका आशिक झालाई सम्मान गर्न अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले भने–‘शिर ननिहुराउने र कसैको टाङमुनि छिर्ने काम हुन्न, अँध्यारो सुरुङमा जाने बेला छैनौं । दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई माथ गरेर नै अगाडि बढ्नेछौं ।’

उनले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने जिम्मेवारी पनि आफ्नो भएको बताएका छन् ।
कर्णालीमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुमध्येका एक अम्बरबहादुर थापा उपस्थित कार्यक्रममा नेता नेपालले चार सांसद गलत कुराविरुद्ध उभिएको बताएका हुन् । ‘मैले भनेको छु, यदि तपाईहरुको सदस्यता खारेज भयो र उपनिर्वाचन भयो भने तपाईंहरुलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ ।’, बरिष्ठ नेता नेपालले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्