Shikhar Insurance
National Life

नयाँ बजेट ल्याउने तयारी भैरहेको छः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले नयाँ बजेटको तयारी थालेको छ । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अध्यादेशबाट आएको चालु आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्दै देशको आवश्यकताअनुसार सरकारले अर्थतन्त्रको वास्तविक अवस्थाका बारेमा जानकारी दिइएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचक के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा तथ्याङ्कीय झलक प्रस्तुत गरिएको र यो कोही कसैप्रति परिलक्षित नभएको उनले उल्लेख गरे । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए । “सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड(१९ महामारीको कारण सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु”, उनहाँले भने ।

कोभिड(१९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ ले पहिलो र २६ लाख छ हजार ४६ ले पूणर् मात्रा खोप लगाइसकेको जानकारी दिए । साथै उनले हालसम्म करिब एक करोड डोज खोप नेपाल भित्रिएको तथ्याङ्क प्राप्त भएको जानकारी दिए ।

मन्त्री शर्माले भूकम्पबाट प्रभावित अर्थतन्त्र विस्तारै सकारात्मक दिशातर्फ अघि बढिरहेको अवस्थामा कोभिड(१९ महामारीले पुनः शिथिल बन्न पुगेको जानकारी गराए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्