Shikhar Insurance
National Life

नाडाको वार्षिक साधारणसभा रोकियो

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । कोरोना महामारीको सम्भावित जोखिम ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको हो ।

साउन १५ गते बसेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५औं वार्षिक साधारण सभा तथा २१औं निर्वाचन २०७८ भदौ २५ गते सोल्टी होटेलमा आयोजना गर्ने निर्णय गरेको थियो । साधारणसभा सम्पन्न गर्नका लागि अनुमति पाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएकोमा कार्यालयले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहरसमेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सुचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको नाडाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्