Shikhar Insurance
National Life

यी हुन् फोनपेको मर्चेन्ट लक्षित योजनाका १३ विजेताहरु

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । फोन पेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक भएका छन् । फोनपे पेमेन्ट सर्विसले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै साउन १३ गतेदेखि सञ्चालनमा ल्याएको सुरू यस योजनामा हरेक दिन एक जना मर्चेन्टले एकलाख रूपैयाँ जित्दै आएका छन् ।

हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका छन् । तीन महिनासम्म सञ्चालन हुने यस योजनाका विजेता हरेक दिन सार्वजनिक हुने गरेका छन् । हालसम्म काठमाडौका युनिक बेकरी, दिल क्याफे, क्याफे ककओ, सेसन वाक, मेडफस्र्ट हेल्थ केयर, केसी मिट सप, लाइफ ट्रस्ट मेडि डाइग्नोष्टिक, ललितपुरको सुनिल फार्मेसी, भक्तपुरको खड्का प्लाष्टिक पसल, सप्तरीको काल्टु लिला प्रा.लि.उदयपुरको सरगम चश्मा घरका मर्चेन्टले एक–एक लाख रूपैयाँ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना – ठूला सबै व्यावसायलाई समेट्ने यो योजनामा फोनपे मार्फत भुक्तानी लिने देशभरका मर्चेन्टहरूको सहभागिता हुनेछ ।

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आबद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरि आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।
यस योजनामा हरेक दिन विहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुँदै आएका छन् । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिदै आएको छ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजनेसको फेशबुक लाइभ मार्फत गरिदै आएको छ । यो योजनामा फोनपे मार्फत धेरै भन्दा धेरै कारोबार गर्ने व्यवसायीहरुले जित्ने सम्भावना बढी रहन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालकहो । फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्