Shikhar Insurance
National Life

मैलुङ खोलाको आईपीओ बाँडफाँड भयो, तपाँइलाई पर्यो त ?

सिंहदरबार संवाददाता
२०७८ श्रावण २६, मंगलवार ०९:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । अहिले बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर जारी गरेको थियो । माग भने २१ लाख १८ हजार ९२५ वटा आवेदन मार्फत २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि परेको थियो । दोहोरो तथा रितपूर्वक नपरेको आवेदन केही संख्यामा रद्द भएपनि करिव २० लाख ५० हजार जनाको हातभने खालीनै रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ ६८ हजार ४७४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । यसरी बाँडफाँड हुदा बाँकी रहको ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाउनेमध्येबाट ६ जनालाई थप १/१ कित्ता गरी ११ कित्ताका दरले बाँडफाँड भएको छ ।

लगानीकर्ताहरुले आईपीओको नतिजा हेर्न आईपीओ जारी गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको आईपीओ रिजल्टमा गएर हेर्न सकिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्